बैतडी । बैतडीमा चुनावी खर्च विवरण नबुझाउने ९१३ उम्मेदवार खर्च मिनाहाको निवेदन बोकेर स्थानीय पालिकामा दौडधुप गरिरहेका छन्। । प्राप्त निवेदन पालिकाहरुले राष्ट्रपतिसमक्ष बुझाउने बताइएको छ ।
स्थानीय तहको निर्वाचन २०७९ मा बैतडीबाट ४४० पदका लागि प्रतिस्पर्धामा रहेका एक हजार चार सय उम्मेदवारले निर्वाचन सकिएको ३० दिनभित्र चुनावी खर्चको विवरण बुझाउनुपर्ने कानुनी व्यवस्थाको अटेर गरेपछि निर्वाचन आयोगले अटेरी गर्नेमाथि दण्ड जरिवाना तोकेको थियो। बैतडीमा निर्वाचन हार्नेले मात्रै नभइ , जित्नेले समेत खर्च विवरण नबुझाएका जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधवप्रसाद फुँयालले बताउनु भयो । आयोगले स्थानीय तहको निर्वाचनमा नगरपालिका प्रमुखरउपप्रमुख पदका उम्मेदवारले चार लाख रुपियाँ, गाउँपालिका अध्यक्षरउपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार रुपियाँ, गाउँपालिका वडाध्यक्ष र सदस्य पदको उम्मेदवारले एक लाख ५० हजार रुपियाँ र नगरपालिकाको वडाध्यक्ष र सदस्य पदका उम्मेदवारले प्रचारप्रसारमा दुई लाख रुपियाँसम्म खर्च गर्न पाउने मापदण्ड तोकेको थियो ।
तोकिएको समयमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले चुनावमा खर्च गर्न मिल्ने मापदण्ड बराबर जरिवाना, जितेका उम्मेदवारको पद खारेज र अर्को निर्वाचनमा उम्मेदवार बन्न नपाउने निर्णयसमेत गरेको छ ।
.gif)