काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतवार विशेष पत्रकार सम्मेलन आयोजना गर्ने सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
आइतवार सामाजिक सञ्जाल मार्फत उनले देश र विदेशमा रहेकाहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन भन्ने आफूले चाहेको उनले बताए ।
उनले लेखेका छन ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ,’ ।
.gif)