बझाङ – बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ ।
धनगढीबाट बझाङका लागि छुटेको ०१००१ ख ३०७१ नम्बरको ट्रकले सोमबार बिहानै सुपप्रसुपप्र ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई जिल्लाको केदारस्युँ गाउँपालिका ४ को बजुवा बगरमा ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार अन्दाजी १८—२० बर्षकी किशोरीको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भने हुन नसकेको प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए ।
मोटरसाइकल चालक र ट्रक चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताए ।
.gif)