महेन्द्रनगर । कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि प्रहरीले तपाईको मास्क खोई अभियान सक्रियताका साथ चलाएको छ । महेन्द्रनगर बजारका विभिन्न स्थानमा प्रहरीले बिना मास्क हिडडुल गर्ने नागरिकहरुलाई सचेत गराएर मास्क समेत वितरण गर्ने गरेको छ । प्रहरीले सवारी साधन तथा नागरिकहरूलाई मास्क लगाउन र सुरक्षित भएर यात्रा गर्न समेत आग्रह गरेको छ । प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छोड्ने गरेको छ ।
.gif)