कंचनपुर –सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिने तयारी गरेका छन ।
२७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २५ माघमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वानका लागि प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन् । सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिनेगरी तयारी थालिएको जानकारी दिए । नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता समेत रहेका रावलले माघ २६ भित्र विश्वासको मत लिइसक्नुपर्ने छ ।
नागरिक उन्मुक्तिले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा दलको बैठक बसेर निर्णय लिने जनाएको छ ।
.gif)