कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन आह्वान गरिएको प्रदेश सभाको बैठक सारिएसँगै नेपाली कांग्रेसले विरोध जनाएको छ ।
बुधवार १ बजे हुने भनेको प्रदेह सभाको बैठक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानमा बसेपछि बिहिवारको लागी सारिएको हो । प्रदेश सभाको बैठक भोलि बिहीबार १ बजेको लागि तोकिएको छ ।
आफूहरूसँग सल्लाह नै नगरी आज आह्वान गरिएको बैठक मुख्यमन्त्रीको इशारामा सभामुख भीमबहादुर भण्डारीले बैठक सारेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको हो । त्तारुढ दलले आफ्नो कुर्सी बचाउन मनलाग्दी गरेका भन्दै कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आरोप लगाएका छन ।
बैठक नै एकदिन सार्ने हल्ला भएपछि आफूले सभामुखलाई फोन गरेर नसार्न भनी सचेत समेत गराएको बताउँदै नेता शाहले आउँदो दिनमा सभामुखलाई महंगो पर्ने समेत चेतावनी दिएका छन ।
.gif)