कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल आज विश्वासको मत लिदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने कार्यक्रम छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था अनुरुप रावलले विश्वासको मत लिन बुधवार हुने भनिएको बैठक स्थगित गरी आज बिहिवार दिउँसो १ बजे प्रदेश सभाको बैठक उहाँले विश्वासको मत लिने सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो ।
५३ सदस्यीय प्रदेशसभामा सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले पार्टीका संस्थापक नेता रेशम चौधरीको रिहाइको माग गर्दै आएको नागरिक उन्मुक्तिले माग सम्बोधन नभएसम्म कुनै पनि दललाई विश्वासको मत नदिने अडान कायमै रहेको बताएको छ ।
.gif)