कञ्चनपुर । सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार दिउँसो ४ बजेलाई सारिएको छ । दिउँसो १ बजेलाई बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको प्रदेशससभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।
विश्वासको मत लिनका लागि मुख्यमन्त्री राजेन्द्र रावलले बिहीबार प्रदेशसभा बैठक बोलाइएको हो । तर अहिलेसम्म सदनको बहुमत मुख्यमन्त्रीको पक्षमा जुटेको छैन । ७ प्रदेशसभा सदस्य रहेको दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताइसकेपछि सहमतिको सम्भावना खोजीका लागि सभामुखले बैठक सारेका हुन् । मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ विश्वासको मत नसकेमा स्वत: पदमुक्त हुनेछन ।
विपक्षी दल नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले पनि मुख्यमन्त्रीले विश्वासको मत लिने दिन बैठक सार्ने परम्परा नरहे पनि सभामुखले सारेको भन्दै असन्तुष्टि जनाए ।
.gif)