शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

स्वास्थ्य विज्ञान विश्वविद्यालयमा परिणत हुँदै गेटा मेडिकल कलेज


पश्चिम प्रेस
आइतबार, माघ २९ २०७९
  • 493
    Shares

  • images
    images
    स्वास्थ्य विज्ञान विश्वविद्यालयमा परिणत हुँदै गेटा मेडिकल कलेज

    कैलाली । गेटा मेडिकल कलेजलाइ नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्न सरकारले निर्णय गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।  


    आइतबार सुदूरपश्चिम क्षेत्रका जनप्रतिनिधि, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिवलगायतसँग छलफल गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड
    गेटा मेडिकल कलेजको यो धारणा राख्नुभएको हो ।


    नेपालमा आजसम्म पनि स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टीकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा हुने विश्वास लिइएको छ ।
    प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा हुने भ्रमणमा यससम्बन्धी थप घोषणा हुने बत्ताइएको छ । 


  • सम्बन्धित विषय:

  • # गेटा मेडिकल कलेज
  • प्रतिक्रिया दिनुहोस