सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बालबालीकामा देखिन थाल्यो उच्च ज्वरो र रुगाखोकी


बिहीबार , असोज ७ २०७८
  • 801
    Shares

  • images
    images
    बालबालीकामा  देखिन थाल्यो उच्च ज्वरो र रुगाखोकी

    कञ्चनपुरको महाकाली अस्पतालमा ज्वरो र रुगाखोकीका बिरामी बढेका छन । पछिल्लो दुई साता यता उच्च ज्वरो र रुगाखोकी लागेका बालबालिका बढी मात्रामा अस्पताल आउन थालेका छ । यस्ता बिरामी ओपीडीभन्दा पनि आकस्मिक कक्षमा रातिको समयमा आउने गरेको अस्तालले जनाएको छ । बालबालीकामा उच्च ज्वरोसँगै बान्ता गर्ने र झाडापखालाको समस्या देखिन थालेको हो । 
    केही दिनयता महाकाली प्रादेशिक अस्पतालमा उच्च ज्वरो, रुघाखोकी र निमोनियालगायत लक्षण भएका बालबालिका बढी आउन थालेका छन । अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत बालबालिका रहेको अस्पतालले जनाएको छ । आकस्मिक कक्षमा दैनिक ५०÷६० बिरामीहरू आउने गरेका छन । त्यसमा पनि ३५÷४० बालबालिका  छन । बालबालिकाहरू रातिको समयमा भर्ना हुने गरेका छन ।सुरुको अवस्थामा निजी मेडिकलमै उपचार गराउने र जब बालबालिकाहरू थला पर्न थाले त्यसपछि मात्रै अस्पताल ल्याउने गरेका कारण समस्या हुने गरेको अस्तालले जनाएको छ । विशेषज्ञ डाक्टर नहुँदा बालबालिकाहरूलाई सामान्य उपचारपछि अन्यत्र पठाउनुपरेको छ । ‘यतिबेला बिरामीको चाप बढी नै छ,’ महाकाली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले भने ‘बालबालिकामा उच्च ज्वरो र रुघाखोकीको समस्या बढी छ ।’ उनका अनुसार अस्पताल आउने अन्य बिरामीमा पनि यो समस्या भएको बढी मात्रामा छन ।
     

     




    प्रतिक्रिया दिनुहोस