कञ्चनपुर । पूर्वी नेपालमा आज बिहान भूकम्प गएको छ । ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला नजिक केन्द्रबिन्दु बनाएर बिहान ४ः३० बजे ४ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
नेपालमा यसअघि माघ १८ गते सभापोखरी नजिक केन्द्रबिन्दु बनाइ ४ म्याग्निच्युड र माघ १० गते बाजुरा केन्द्रबिन्दु बनाइ ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
बैज्ञानिकहरुका अनुसार देशको पश्चिमी भागमा ठुलो भुकम्प आउन सक्ने अनुमान गरेका जनाइएको छ ।
.gif)