कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमा नेपाल एउटै विमानमा राजधानी फर्कंदै हुनुुहुन्छ ।
आज (सोमवार) बिहान धनगढी जानुभएका प्रधानमन्त्री दाहाल धनगढी र महेन्द्रनगरमा कार्यक्रम सकेर बेलुका राजधानी फर्कदै हुनुहुन्छ । साथै हिजो (आइतवार) बिहान धनगढी जानुभएका अध्यक्ष नेपाल प्रधानमन्त्रीसँगै सेनाको विमानमा काठमाडौं प्रस्थान गर्नुभएको जनाइएको छ ।
उहाँहरु सवार नेपाली सेनाको एनए ०६२ कासा विमान दिउँसो साढे ४ बजे धनगढीबाट काठमाडौंैका लागी उडेको हो । प्रधानमन्त्री आज बिहान ३४ जनाको टोली लिएर सुदूरपश्चिम प्रदेश आउनु भएका थिए ।
.gif)