महोत्तरी । महोत्तरीमा वृद्धभत्ताको रकम नदिएको भन्दै भतिजाले चक्कु प्रहार गरी काकाको हत्या गरेका छन ।
जिल्लाको महोत्तरी गाउँपालिका– ३ मडैनिवासी ७० वर्षीय शिव महरालाई उनकै भतिजा नाता पर्ने ३० वर्षीय विजेन्द्र महराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरी ले जनाएको छ ।
सोमबार बिहान मात्र घटनाबारे जानकारी पाएको प्रहरीले घटनास्थल पुगेर आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याइएको छ । हत्या आरोपी विजेन्द्र फरार रहेको र उनको खोजी भइरहेको परुहरीले बताए बताए ।
.gif)