मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

जग्गाको भोगाधिकार बिनै औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय उद्घाटन


पश्चिम प्रेस
सोमबार, फागुन ८ २०७९
  • 519
    Shares

  • images
    images
    जग्गाको भोगाधिकार बिनै औद्योगिक क्षेत्रको  सम्पर्क कार्यालय उद्घाटन

    महेन्द्रनगर  । अढाई दशकदेखी चर्चामा रहेको कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास भएको यही फागुन १० गते २ वर्ष पुग्दै छ । 
     २ वर्षभित्र पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य लिइएको दैजी–छेलामा भौतिक पूर्वाधारतर्फ अहिलेसम्म कुनै पनि काम शुरू हुन सकेको छैन । प्रस्तावीत औदोगिक क्षेत्रको जग्गाको भोगाधिकार बिनै सोमबार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सम्र्पक कार्यालयको उद्घाटन गर्नुभएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका –२ स्थित औद्योगिक क्षेत्रको शिलान्यासको दुई वर्षपछि अहिले रुख छपानको काम भइरहेको छ ।
    औद्योगिक विकास लिमिटेडले शिलान्यास भएको १ महीनाभित्र उद्योग स्थापनाका लागि आशयपत्र आह्वान गर्ने, त्यसको आधारमा ६ महीनाभित्र उद्योगीहरूलाई चाहिने न्यूनतम पूर्वाधार (अस्थायी सडक, विद्युत्, पानीलगायत)को व्यवस्थापन गरी औद्योगिक क्षेत्रको काम अघि बढ्ने बताएको थियो । तर दुई वर्षभित्र उद्यमीका लागि आवश्यक पूर्वाधार तयार गरी सञ्चालनमा ल्याउने र ५ वर्षभित्र सम्पूर्ण पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य राखेको कम्पनीले आशयपत्र आह्वान र रूख छपानको कामबाहेक अन्य भौतिक प्रगति गर्न सकेको छैन ।
     कञ्चनपुरको वेदकोट नगरपालिकामा २०५१ सालदेखि छेलामा औद्योगिक क्षेत्र स्थापनाको चर्चा हुँदै आएकोमा २०७७ फागुन १० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले औद्यौगिक क्षेत्रको शिलान्यास गरेका थिए । औद्योगिक क्षेत्र स्थापनाको शिलान्यासपछि समयमै निर्माण सम्पन्न भएर सञ्चालनमा आउने आशा गरेका स्थानीयवासी ढिलाइ हुँदा निराश छन ।


  • सम्बन्धित विषय:

  • # दैजी–छेला औद्योगिक क्षेत्र
  • प्रतिक्रिया दिनुहोस