शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

टर्की- सोमबार भूकम्पमा परी ६ जनाको मृत्यु दर्जनौं पटक धक्का महसुस


पश्चिम प्रेस
मंगलबार, फागुन ९ २०७९
  • 474
    Shares

  • images
    images
    टर्की- सोमबार भूकम्पमा परी ६ जनाको मृत्यु दर्जनौं पटक धक्का महसुस

    टर्की । दक्षिणी सहर एन्टाक्यालाई केन्द्रविन्दु बनाएर सोमबार गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो । टर्कीका गृहमन्त्री सुलेमान सोयलुले सोमबारको भूकम्पमा परी घाइते भएका २९४ जनालाई अस्पताल भर्ना गरिएको बताएका छन् । जसमध्ये १८ जना गम्भीर घाइते छन्।  
    भूकम्पको धक्का सिरिया,लेबनान र इजिप्टमा पनि महशुस गरिएको थियो । टर्कीको प्रकोप तथा आपतकालीन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८.४४ मा भूकम्प गएको हो । यो भूकम्प आएपछि फेरि दर्जनौं पटक धक्का महसुस गरिएको थियो ।
    सरकारले जोखिमयुक्त भवनबाट बाहिर निस्कन सर्वसाधारणलाई अपिल गरेको छ । टर्की प्रशासनले फेब्रुअरी ६ मा गएको शक्तिशाली भूकम्पपछि ६ हजार पराकम्पन महसुस गरेको जनाएको छ । सिरियामा एक सय ३० जना घाइते भएको तथा अघिल्लो भूकम्पबाट जीर्ण भएका केही भवन पूर्णरूपमा भत्किएका छन् । 


  • सम्बन्धित विषय:

  • # भूकम्प
  • प्रतिक्रिया दिनुहोस