शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


पश्चिम प्रेस
बुधबार, फागुन १० २०७९
  • 894
    Shares

  • images
    images
    कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दोधारा चाँदनीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको हो । 


    बुधवार जिल्लाको दोधारा चाँदनी नगरपालिका ९ कालिकास्थित सडकमा सुपप्र ०२००४ प ०८४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार १७ वर्षीय करन चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए । दुई जना सवार मोटरसाइकलमा चन्दको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । 


    मृतक चन्द वडा नम्बर ६ निवासी हुन्। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


  • सम्बन्धित विषय:

  • # मोटरसाइकल दुर्घटना
  • प्रतिक्रिया दिनुहोस