सुर्खेत– सुर्खेतमा १ जना प्रहरी जवान कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका छन्।
बिहीबार कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान २६ वर्षीय कवीन्द्र विक कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय सुर्खेत स्रोतका घटना बिहीबार बिहान ३ बजेतिरको हो । प्रहरी जवान विक ड्युटीमै भएका बेला आफैंले बोकेको एसएलआरको गोली उनको दायाँ कञ्चटमा लागेको छ । कर्णाली दल गणमा कार्यरत उनी दार्चुलाको अपी नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
विकको शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल पठाइएको छ।
.gif)