काठमाण्डौ – चार दलबीच भएको छलफलमा कांग्रेसलाई राष्ट्रपति तथा माओवादी र एकीकृत समाजवादीलाई प्रधानमन्त्री दिएर शक्ति बाँडफाँट गर्नेबारे तयारी गरेको छ ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीबीच सत्ता समीकरण र शक्ति बाँडफाँटका विषयमा छलफल भएको हो । बैठकमा चुनावअघिको पाँच दलीय गठबन्धन बिउँताउनेदेखि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका बारेमा विषय प्रवेश भएर छलफल भएसँगै प्रधानमन्त्री पद चार वर्ष माओवादीलाई र एक वर्ष एकीकृत समाजवादीलाई तथा उपराष्ट्रपति जसपाले लिनेबारे कुराकानी भएको छ । यी विषयहरुमा अहिले सम्म छलफल मात्र भएको र निर्णय हुन बाकीँ रहेको बताएका छन ।
बेलुकी ५ बजे फेरि राष्ट्रपतिको उम्मेदवार छनौटका लागी फेरी शिषर्् दलका नेताहरुको छलफल हुनेछ ।
.gif)