काठमाँडौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको सहकार्य लामो समयका लागि हुँदैन भन्ने आफूलाई पहिले नै थाहा भएको दाबी गरेकाछन र प्रधानमन्त्री दाहाल शुरूदेखि नै गठबन्धनबाट भाग्न खोजेको ओलीको भनाइ छ।
फागुन १४ गते आयोजित शहीद, घाइते तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा सम्बोधन गर्दै भने, “पुष्पकमल दाहालले दुई महीना कस्तो गाह्रो भएको थियो भन्नुभयो, हो साँच्चै उहाँलाई गाह्रो भएको थियो। किनभने उहाँ हरियो देखेपछि दाम्लो छिनालेर जान खोज्ने। म जान नदिने, उहाँलाई गाह्रो भएको थियो।”
दाहालले अर्कै कुरा भनेर अर्कै कुरा गरेको आरोप लगाइदै भने , “प्रचण्डजीले अस्ति भर्खरसम्म पनि मसँग छक्काउने भाषा बोलिरहनुभयो। उहाँ हातमा चक्कु लिएर बस्नुभएको थियो तर फूल लिएर बसेको छु भन्नुभयो,” पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, “तपाईंले भनेपछि फूलै हो नि किन होइन भन्दै बसें म।”
.gif)