काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ६४ दिनमै अल्पमतमा परेको छ । नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभामा हुने कार्यक्रममा सहभागी हुन रोकेपछि आफूहरुको अपमान भएको महसुश भएको भन्दै सरकारबाट बाहिरिने एमालेले निर्णय गरेको थियो । गत पुष १० मा एमालेको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड सरकारलाई समर्थन दिएको ६४ दिनमै एमाले सरकारबाट बाहिरिने तयारीमा पुगेको छ ।
एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्नैछ । यो सँगै अब विश्वासको मत प्राप्त गर्न नसकेमा संसदमा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेताका हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन ।
.gif)