मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सर्वोच्चबाट सन्दीपले पाए यूएई जान अनुमति, खेल सकिएको १५ दिन भित्र उपस्थित हुनुपर्नै 


पश्चिम प्रेस
सोमबार, फागुन १५ २०७९
  • 531
    Shares

  • images
    images
    सर्वोच्चबाट सन्दीपले पाए यूएई जान अनुमति, खेल सकिएको १५ दिन भित्र उपस्थित हुनुपर्नै 

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएको छ यो सँगै खेल सकिएको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनुपर्ने सर्तसहित उनीमाथिको प्रतिबन्ध हटाइएको हो ।

    सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत पाटनले लगाएको प्रतिबन्ध हटाउँदै लामिछानेलाई विदेश जान अनुमति दिएको हो । उच्च अदालतले यसअघि लामिछाने विदेश जान नपाउने आदेश आएकामा लामिछानेको तर्फबाट उक्त प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दायर गरिएको थियो । सरकारी वकिलको कार्यालयका तर्फबाट लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित निवेदन दायर गरिएको थियो ।

     


  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • प्रतिक्रिया दिनुहोस