दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं ८ गोरेकाँडाका ५० बर्षीय इन्द्रसिंह धामी पस्ती बजार नजिकै नवलधार भन्ने स्थानमा सोमबार मृत फेला परेका प्रहरीले जनाएको छ । थप घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताए ।
कैलाली । यसैगरी कैलालीको कैलारी गाउँपालिका–८ लोहनपुरकी ५२ वर्षीया चुन्की डगौरा थारु मृत फेला परेकी हुन् । उनी आफ्नै घरको कोठामा सोमबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
.gif)