कैलाली । गोदावरी नगरपालिकामा अलग अलग ठाउँबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–६ स्थति २४ वर्षीय जयकिशन चौधरीलाई यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा १ सय ८० मिलिग्रामलागूऔषध (खैरो हेरोइन) सहित नगरपालिका पक्राउ गरेको हो । यसैगरी गोदावरी नगरपालिका–५ बिजैराका ३२ वर्षीय ओकेन्द्र चौधरी र सोही नगरपालिका–६ भुयराका ३१ वर्षीय विष्णु चौधरीलाई १ ग्राम ८ सय ३० मिलिग्रामअवैध लागूऔषध (खैरो हेरोइन) सहित पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए।
.gif)