शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

स्कुल बसको ठक्करबाट वृद्धको मृत्यु : राजमार्ग अवरुद्ध


पश्चिम प्रेस
शनिबार, फागुन २० २०७९
  • 480
    Shares

  • images
    images
    स्कुल बसको ठक्करबाट वृद्धको मृत्यु : राजमार्ग अवरुद्ध

    कञ्चनपुर । कैलालीमा स्कुल बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । जिल्लाको गोदावरी नगरपालिका–६ खैरानामा रहेको माउन्ट सैपाल स्कुलको से १ क ४४१ नम्बरको बसको ठक्करबाट सोही ठाउँका ६५ वर्षीय बाटुबट्टे आलेमगरको मृत्यु भएको छ ।

    शैक्षिक भ्रमणका लागि विद्यार्थी सहित बर्दियातर्फ जाँदै गरेको बसले शनिवार बिहान पूर्वपश्चिम राजमार्गमा पैदलयात्री वृद्धलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते वृद्धको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बस चालक धनगढी उपमहानगरपालिका–१३ का ३५ वर्षीय खुशीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाए ।

    वृद्धको ज्यान गएपछि क्षतिपूर्ति र चालकमाथि कारबाहीको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन । अहिले राजमार्ग खुलिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।


  • सम्बन्धित विषय:

  • # मृत्यु
  • प्रतिक्रिया दिनुहोस