महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होली पर्वमा उच्छृङ्खल गतिविधि नर्गन आग्रह गरेको छ ।
प्रहरीले होली पर्वलाई सभ्य, शिष्ट, र मर्यादित तवरले मनाउन सबैलाई आग्रह समेत गरेको छ । होली पर्वको नाममा उश्रृंखल कृयाकलाप गरे कानुन बमोजिम कार्बाही गर्ने सचेत चेतावनी दिएको छ । त्यसैगरी अपरिचित मानिसहरुको समुहमा होली नखेल्न, महंगा गरगहना लगाई होली खेल्ने ठाँउमा नजान र अपरिचित मानिसले दिएको कुनैपनि खानेकुरा नखाऔँ पनि आग्रह गरिएको छ । होली पर्वमा हो–हल्ला गर्ने , गराउने कसैको ईच्छा विपरित जथाभावी लोला हान्ने, रंग छ्याप्ने, जथाभावी अविर फाल्ने,मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाउने,मोटरसाईकलमा हेलमेट अनिवार्य लगाई दुईजना भन्दा बढी सवार नगरी तिर्व गतिमा सवारी साधन नचलाउ समेत आग्रह गरिएको छ ।
होली पर्व मनाउदा स्वास्थ्यलाई हानी नोक्सानी पु¥याउने केमिकल रङहरुको प्रयोग गरेको पाइए प्रचलित कानुन अनुसार कारवाही हुने प्रहरीले जनाएको छ । कुनै पनि अपराधिक गतिबिधि हुन लागेको वा भएको थाहा पाएमा तुरुन्त नेपाल प्रहरीको हर्टलाईन नम्वर १०० मा फोन गर्न समेत आग्रह गरेको छ ।
.gif)