शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सुरु भयो सुदूरपश्चिममा होलीको रौनक


पश्चिम प्रेस
शनिबार, फागुन २० २०७९
  • 868
    Shares

  • images
    images
    सुरु भयो सुदूरपश्चिममा होलीको रौनक

    महेन्द्रनगर । फागुन शुक्ल एकादशीका दिन बाट पाचँ दिनसम्म मनाइने होली पर्वको रौनक सुदूरपश्चिममा सुरु भएको छ ।
    पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिममा पाँच दिनसम्म होली मनाइने प्रचलन  छ । पछिल्लो समय पहाडबाट बसाइसरेर कञ्चनपुरमा बसोबास गर्दै आएका विभिन्न समुदायले आ–आफ्नै ढङ्गले होली पर्व मनाउदै आएका छन । बसाईसराईका कारण कञ्चनपुरमा विभिन्न समुदायको होलीको रौनक बढेको छ ।

    कञ्चनपुरमा दार्चुला,बैतडी सुमदायको एक किसिमको होली छ भने डडेल्धुराको रुपाली होली छुट्टै छ । त्यसैगरी अछामी समुदायको होली पनि भिन्न तरीकाले मनाइने गरेको छ । रानाथारु समुदायको होली पर्व पनि भिन्नै छ । होलीमा गाईने भगवानको महिमा एउटै भएपनि खेल्ने तरीका फरक फरक छ । होली मनाउने दिन र तरिका ठाउँ अनुसार फरक फरक हुने छ । होलीमा विशेष गरी सुदूरपश्चिमका महिला तथा पुरुषहरुले ढोलक, मादल, मिजुरा, चिम्टा आदि लोक बाँजाका साथ विभिन्न किसिमका लोक गाथाहरु अभिनयका साथ प्रस्तुत गर्ने गर्दछन । होलीलाई विशेष गरी असत माथी सत्यको विजयका रुपमा खुसीयालीका साथ मनाइने गरिन्छ । यस अवसरमा पौराणिक, धार्मिक, राजनैतिक, सामाजिक तथा प्राकृतिक गाथाहरु प्रस्तुत गर्ने गरिन्छ । 
    हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको जानकारहरु बताउँछन ।

    वर्तमान समयमा पश्चिमा सँस्कृतिको आक्रमणमा परेर होली पर्वको मौलिकता हराउन लागेको प्रति पाकापुस्ता चिन्तित बनेका छन । पछिल्लो समय होलीपर्वलाई रंग खेल्ने पर्वका रुपमा मात्रै लिने गरिएको छ । अहिलेको पुस्ताले रंगहरु खेल्नुलाई मात्रै होलीको रुपमा लिने गरेका छन । होली पर्वको सबैभन्दा ठूलो दिन फागु पूर्णिमामा एकअर्काको घरमा गएर होलीको टीका लगाउँदै आशिर्वाद आदानप्रदान गर्ने गर्दछन । होलीको दिन ठूलाबाट सानाले आर्शिवाद लिने चलन छ भने घरका सम्पूर्ण परिवार मिलेर होलीलाई विशेष बनाईन्छ ।


  • सम्बन्धित विषय:

  • # होली पर्व
  • प्रतिक्रिया दिनुहोस