पोखरा । पोखरास्थित फेवातालमा शनिवार दिउँसो हावाहुरीका कारण डुङ्गा पल्टिँदा बेहोस भएकी महिलाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका १ बगर को सपरिवार फेवा ताल घसम्न गएका बेला हावाहुरी लागेर डुङ्गा पल्टिएको थियो । ६ जना सवार डुङ्गा पल्टिदा ५ जनाको सकुशल उद्धार गरिएकोमा ७० वर्षीय याममाया गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए ।
डुङ्गामा सवार छ जनामध्ये अन्य पाँच जनाको अवस्था भने सामान्य रहेको जनाइएको छ ।
.gif)