शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

सार्कको महासचिवमा बङ्गलादेशी कूटनीतिज्ञ गोलाम सरवार नियुक्त


पश्चिम प्रेस
आइतबार, फागुन २१ २०७९
  • 1.1K
    Shares

  • images
    images
    सार्कको महासचिवमा बङ्गलादेशी कूटनीतिज्ञ गोलाम सरवार नियुक्त


    एजेन्सि । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को नयाँ महासचिवमा बङ्गलादेशी कूटनीतिज्ञ गोलाम सरवार नियुक्त हुने भएका छन ।

    यसअघिका श्रीलङ्काली कूटनीतिज्ञ इसाला रुवान विराकुनको समयावधि १७ फागुनमा सकिएपछि सार्कको नयाँ महासचिवमा गोलाम सरवारले जिम्मेवारी लिने भएका हुन । हाल मलेसियामा रहेका उनी महासचिवको जिम्मेवारी लिनका लागि केही दिनमा नेपाल आउने बताइएको छ । निर्धारित प्रणाली अनुसार अफगानिस्तानबाट सार्कको महासचिव हुनु पर्ने भए पनि सार्क सदस्य राष्ट्रले तालिबान सरकारलाई मान्यता नदिए पछि नेपालको पहलमा बङ्गलादेशले सो अवसर पाएको हो ।

    सार्क विदेश मन्त्रीहरूको बैठकले अनुमोदन गर्नुपर्ने भए पनि विदेशी मन्त्र स्तरीय बैठक बस्न नसके पछि पत्राचार मार्फत बङ्गलादेशी कूटनीतिज्ञले नेपालले मनाउन सफल भएको परराष्ट्र स्रोतले गनाएको छ ।  

     


  • सम्बन्धित विषय:

  • # सार्कको महासचिव
  • प्रतिक्रिया दिनुहोस