कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
आइतवार १ बजे आह्वान गरिएको बैठकमा मुख्यमन्त्री साहले विश्वासको मत लिने छन । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई गएको माघ २६ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएका थिए तर हाल माओवादी र नागरिक उन्मुक्ति पार्टीको आ–आफ्नै अडानले मुख्यमन्त्री शाह अप्ठ्यारोमा पर्नुभएको छ । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा पर्नुभएका हुन ।
नागरिक उन्मुक्ति पार्टीले पनि लिखित सहमति विनाविश्वासको मत नदिने अडान लिएपछि विश्वासको मत लिन अप्ठ्यो भएको हो । नागरिक उन्मुक्ति पार्टीले मत नदिएकै कारण एमाले नेतृत्वको सरकार ढलेको थियो । नागरिक उन्मुक्ति पार्टीले फेरी पनि लिखित प्रतिबद्धता मागेको हो ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पनि माओवादीले मत दिएमा मुख्यमन्त्री शाहको पक्षमा विश्वासको मत पुग्छ । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ४ अनुसार नियुक्त भएको ३० दिनभत्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ।
.gif)