कञ्चनपुर । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई यथास्थितिमा विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगेको नेकपा माओवादी केन्द्रले अन्ततः सहयोग गर्ने भएको छ । शनिवार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले नेतृत्वसहित शक्ति बाँडफाँटको सहमति प्याकेजमै हुनुपर्ने निष्कर्ष निकालेर निर्णयको जानकारीसहित निर्देशन आउने गरी पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्राचार गरिएको थियो ।
आइतवार पत्रको जवाफमा पार्टी अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई सहयोग गर्न निर्देशन दिएको तर अझैसम्म नेतृत्व र मन्त्रालय बाँडफाँटको विषय टुङ्गो नलागेको निकट स्रोतले जनकारी दिएको छ । विश्वासको मत दिनेकी नदिने भन्ने विषयमा टुङ्गो लगाउन कांग्रेस र माओवादी संसदीय दलको बैठक अहिले बस्दै छ ।
.gif)