मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

अर्ध–वार्षिक कार्यसम्पादन मूल्यांकनमा कञ्चनपुर प्रशासन ४५ औँ स्थानमा


पश्चिम प्रेस
आइतबार, फागुन २१ २०७९
  • 546
    Shares

  • images
    images
    अर्ध–वार्षिक कार्यसम्पादन मूल्यांकनमा कञ्चनपुर प्रशासन ४५ औँ स्थानमा

    महेन्द्रनगर । गृह मन्त्रालयको अर्ध–वार्षिक कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर ४५ औँ स्थानमा छ । २०७९ साउनदेखि पुस मसान्तसम्म ६ महिनाको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर ३४.६० अंक प्राप्त गरेको छ । ४०.८८ अंक प्राप्त गर्दै रुकुम पश्चिम पहिलो बन्न सफल भएको छ । त्यस्तै रुकुम पूर्व ४०.१३ अंक प्राप्त गर्दै अर्ध–वार्षिक कार्यसम्पादन मूल्यांकनमा दोस्रो भएको छ । प्यूठान ४० अंक प्राप्त गर्दै तेस्रोमा पर्न सफल भएको छ । रुपन्देही, पर्वत, नवलपरासी पूर्व, डडेलधुरा, दाङ, काठमाडौं र गुल्मी जिल्ला प्रशासन कार्यालय उत्कृष्ट दशमा परेका छन् ।

    ती ७ वटै जिल्लाले ३९ अंक प्राप्त गरेका छन् । कार्यसम्पादन मूल्यांकन गर्ने आधारमा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण गनुगमन र समन्वय र आर्थिक अनुशासन रहेका छन् । मन्त्रालयले प्रत्येक ३ महिनामा कार्यसम्पादन मूल्यांकनको नतिजा निकाल्ने गरेको छ ।यसमा १०० प्रतिशतमा ९५ प्रतिशत अंक सीडीओले गरेको कामको विवरण अपलोड गरेपछि स्वत अंक प्राप्त हुन्छ । तर, मन्त्रालयले सही प्रमाण पेश गरेको हो वा असान्दर्भिक प्रमाण पेश गरेको हो भन्ने मूल्यांकन गर्ने गरेको छ । 

     


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रशासन कार्यालय कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस