शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगले माग्यो विभिन्न पदमा कर्मचारी


पश्चिम प्रेस
शुक्रबार, फागुन २६ २०७९
  • 4.7K
    Shares

  • images
    images
    सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगले माग्यो विभिन्न पदमा कर्मचारी

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ । यस विश्व विद्यालयको प्रशासन शाखाका लागि विश्वविद्यालयले कर्मचारी माग गरेको छ ।जसमा सहायक प्रशासक (सूचना प्रविधिमा १, सहायक प्रशासक (सहायक लाइब्रेरियन) मा १, ल्याब असिस्टेन्ट (कम्प्युटर इन्जिनियरिङ) मा १, ल्याब असिस्टेन्ट सिभिल इन्जिनियरिङमा १, असिस्टेन्ट (प्रशासनमा १ र लेखामा १) जनाको माग भएको छ ।

    यी सबै पदमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गरिने आयोगले जनाएको छ । ३० चैतसम्म आवेदन दिन सकिने र दोब्बर दस्तुर तिरेर ७ वैशाखसम्म आवेदन दिने सकिने छ । उपप्राध्यापकतर्फ विश्वविद्यालयले इन्जिनियरिङ, कानुन, मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र, सामान्य विज्ञान र व्यवस्थापन विषयमा कुल २५ जना उपप्राध्यापकको पदमा रोजगारी खुलाइएको छ । जसमा खुला र महिला समावेशी प्रतियोगिताबाट छनोट गरिने भएको छ । आवेदन दिने मिति ३० चैत तोकिएको छ । दोब्बर दस्तुर तिरेर ७ वैशाखसम्म आवेदन दिन सकिने छ ।

     


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस