आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

जपानमा युट्युबरका रूपमा प्रख्यात भएका सांसद निष्कासित


पश्चिम प्रेस
बुधबार, चैत १ २०७९
  • 366
    Shares

  • images
    images
    जपानमा युट्युबरका रूपमा प्रख्यात भएका सांसद निष्कासित

    एजेन्सि । जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्कासन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मङ्गलवार संसदबाटै निष्कासन गरिएको हो। 

    गएको जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्य रूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवम अधिवेशनमा एक पटक पनि उपस्थित नभएपछि उनलाई जापानको माथिल्लो सदनले मङ्गलवार निष्कासन गरेको हो । हिजो मङ्गलवारको निर्णय आज बुधवारदेखि लागूभएपछि सांसदलाई निष्कासन गरिएको हो ।

    यसअघि सदनले उनलाई महिनौँ लामो अनुपस्थितिका लागि क्षमायाचना गर्न आदेश दिएको थियो तर उनले त्यसको बेवास्ता गरेपछि ७० वर्षपछि जापानको संसदबाट निष्कासित हुने पहिलो सांसद भएका छन ।


  • सम्बन्धित विषय:

  • # सांसद निष्कासित
  • प्रतिक्रिया दिनुहोस