सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगरमा बाहिनीपति ट्रफी भलिबल प्रतियोगिता सुरु


पश्चिम प्रेस
बिहीबार , चैत २ २०७९
  • 567
    Shares

  • images
    images
    महेन्द्रनगरमा बाहिनीपति ट्रफी भलिबल प्रतियोगिता सुरु

    महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार बिहानदेखि नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिता सुरु भएको छ । यहाँस्थित श्री नं। २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा सुरु भएको लिंग चरणको भलिबल प्रतियोगितामा बाहिनी अन्र्तगत कार्यरत चार गुल्म प्रतिस्प्रर्धामा उत्रिएका छन् ।
    श्री नं। २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकालले उद्घाटन गर्नुभएको प्रतियोगिताको पहिलो खेलमा श्रीदल गुल्म कञ्चनपुरले बिजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा बैतडीको हनुमानध्वज गुल्मलाई दुई सोझो सेटले पराजित गर्दै श्रीदलले बिजयी सुरुवात गरेको हो । त्यसैगरी प्रतियोगिता अन्र्तगत दोस्रो खेलमा बीरभद्रजंग गुल्म बझाङ्ग बिजयी भएको छ । सो खेलमा बीरभद्रजंग गुल्मले गुरुगोरख गुल्म दार्चुलालाई सोझो सेटले पराजित गरेको सेनाले जनाएको छ । प्रतियोगिता  उद्घाटन समारोहमा सहभागी गुल्म तथा सैनिक टोलीको मार्चपास प्रस्तुत समेत गरेका थिए ।  बाहिनी स्तरबाट छनौट हुने टिम आगामी चैत महिनामा सञ्चालन हुने सुदूरपश्चिम पृतनापति ट्रफी–२०७९ मा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।
    आगामी शनिबार सम्म सञ्चालन हुने प्रतियोगिता उद्घाटन समारोहमा बाहिनीपति सहायक रथी ढकाल संगै रुद्रध्वज गण मझगाउँ ब्यारेकका गणपति प्रमुख सेनानी सागर कार्की बाहिनी तथा गुल्महरुका सैनिक अधिकृतहरुको सहभागिता रहेको थियो ।

    d63cb2da-4424-4400-aa22-b55b3a62f620.jfif
    d2bdcf0a-2771-4635-b38d-29cd4022783b.jfif


  • सम्बन्धित विषय:

  • # भलिबल प्रतियोगिता
  • प्रतिक्रिया दिनुहोस