बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाका पशु चौपायामा लुम्पी भाइरल फैलिएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–२, जोलापानी बस्कोटी बस्तीका गाई, गोरुमा ‘लुम्पी स्किन डिजिज भाइरल’ रोग फैलिएको गाउँपालिकाका पशु शाखा प्रमुखले जानकारी दिनुभयो ।
गाउँपालिकाको जोलापानी लगायतका गाउँमा अहिलेसम्म ४० वटा गाईरगोरुमा रोगको सङ्क्रमण फैलिएको उहाँले बताउनुभयो । ‘लुम्पी स्किन डिजिज भाइरलबाट गाई÷गोरु बढी सङ्क्रमित भएका छन् । यो रोग लाग्दा पशुलाई ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिँगान काढ्ने, खुट्टाका जोर्नी फुल्ने, दुहुनो गाईले दूध कम दिने र गर्भिर्णी पशु तुहिने समस्या देखा परेको छ ।’ उहाँले भन्नुभयो ।
पशु शाखा प्रमूखका अनुसार यो रोग झिँगा, लामखुट्टे र कीर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट रोग फैलिने भएकाले किसानले किसानले भुसुना, कीरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने अहाले बताउनु भयो ।
२०७७ सालमा मोरङबाट फैलिएको यो रोगको नियन्त्रणका लागि बैतडीमा कुनै खोप नभएको पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ ।
.gif)