शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगर बजारका सडक पेटी अवरुद्ध गरि सामान राखे पाँच हजार जरिवाना


पश्चिम प्रेस
शुक्रबार, चैत ३ २०७९
  • 1.1K
    Shares

  • images
    images
    महेन्द्रनगर बजारका सडक पेटी अवरुद्ध गरि सामान राखे पाँच हजार जरिवाना

    महेन्द्रनगर ।  भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रमा सडक पेटी अवरुद्ध गरेर मालसामान राखे रु पाँच हजार जरिवाना गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले नगरपालिकाले कार्यपालिकाबाट निर्णय गराएर कार्यान्वयनका लागि पठाइसकेको बताए । 
     अब महेन्द्रनगर बजारका सडक पेटीमा मालसामान राखेर ओगटेको पाइए रु पाँच हजार जरिवाना हुनेछ । ‘सडक फुटपातमा सामानहरु राखेमा अब कारवाही हुन्छ ।’ उनले भने–‘सडक पेटि अवरुद्ध गरि मालसामान राख्नेलाई ५ हजार नगद जरिवाना गर्ने हामीले कार्यपालिकाबाट निर्णय गरेका छौ ।’ उनले यो शहर सुन्दर बनाउन सबैले आ–आफ्नो ठाउँबाट लाग्न आवश्यक रहेको बताए ।
     त्यसैगरी शुक्रबार भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले महेन्द्रनगर बजारमा निर्माणाधिन आधुनिक सडकको काम गुणस्तरिय र छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले निर्देशन दिएका छन ।  एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा क्षेत्रिय शहरी विकास आयोजना अन्तर्गत महेन्द्रनगरमा निर्माणाधिन १४ किलोमिटर ढल सहितको आधुनिक सडकको काम गुणस्तरिय सहित छिटो सम्पन्न गर्न क्षेत्रिय शहरी विकास आयोजना र निर्माण कम्पनीलाई नगरप्रमुखले निर्देशन दिएको हो ।  शुक्रवार सडक निर्माणको जिम्मा पाएको जेडआइइसी–लामा जेभीका इन्जिनियर तथा प्रतिनिधि,क्षेत्रिय शहरी विकास आयोजना कार्यान्वयन इकाईका प्रमुख,नेपाल विद्युत प्राधिकरण महेन्द्रनगरका प्रमुख,नेपाल टेलिकम महेन्द्रनगरका प्रमुख,खानेपानीका प्रमुख लगाएतसंग बैठक बोलाएर छलफल गरेको छ । 

     सडक निर्माणको सहजिकरणको जिम्मा पाएको भीमदत्त नगरपालिकाले सडक निर्माणमा विद्युत,टेलिकमका पोलहरुले देखिएको समस्या समाधानका लागि आयुडिपि, निर्माण कम्पनी र विद्युत,टेलिकमका प्रमुखलाई निर्देशन दिइएको बताए । ‘हामीले आयुडिपि,निर्माण कम्पनी, विद्युत, टेलिकम, खानेपानीका प्रमुख एवम् प्रतिनिधिहरुलाई बोलाएर  छलफल गरेका छौ ।’ नगर प्रमुख बोगटीले भने– ‘आयुडिपिको डिजाइन अनुसार ९ मिटरका विद्युतका पोल हाल्नु पर्ने तर नेपाल विद्युत प्राधिकरणकानुसार बजारक्षेत्रमा ११ मिटरको पोल हाल्नुपर्ने हुदाँ सडक निर्माणमा समस्या देखिएको हो ।’ उनले आजको छलफलमा उक्त समस्या समाधानका लागि आयुडिपिले निर्माण कम्पनीलाई विद्युतका पोलहरु ११ मिटरको हाल्ने भनेर लिखित पत्र दिने र निर्माण कम्पनीले तत्काल विद्युतका पोल,तार,मिटरहरु खरिद गरि नयाँ पोल,तार जोड्ने काम शुरु गर्ने र सम्पूर्ण नयाँ पोलहरु लगाइसकेपछि विद्युत प्राधिकरणले विद्युत सर्टडाउन गरि नयाँ लाइनमा जोड्ने र सडकमा रहेका पुराना  पोलहरु हटाउने र ढल, सडक निर्माणको काम छिटो सम्पन्न गर्ने निर्णय भएको बताए । 


  • सम्बन्धित विषय:

  • # भीमदत्त नगरपालिका
  • प्रतिक्रिया दिनुहोस