बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

भीमदत्त नगरपालिकाले दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही १ लाख ५१ हजार दिने


पश्चिम प्रेस
शनिबार, चैत ४ २०७९
  • 2.7K
    Shares

  • images
    images
    भीमदत्त नगरपालिकाले दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही १ लाख ५१ हजार दिने
    images
    images

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही १ लाख ५१ हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

    शनिवार कञ्चनपुर क्रिकेट संघद्धारा आयोजित होली फेमली क्रिकेट कप–२०७९ यु–१६ पुरुष जिल्लास्तरीय एक दिवसीय क्रिकेट छनौट प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पदम बोगटी,उपप्रमुख नीलम लेखक जोशीले एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकोमा नेपाली टीमका भीमदत्त नगरपालिकाबाट प्रतिनिधित्व गर्ने खेलाडीद्धय ऐरी र सार्कीलाई जनही १ लाख ५१ हजार नगर पुरस्कार दिने घोषणा गर्नुभयो । नगदसँगै गृह नगर आएपछि सम्मान समेत गरिने नगर प्रमुख बोगटीले बताउनुभयो ।

    नगरपालिकाको पुरस्कार घोषणाप्रति खुसी व्यक्त गर्दै नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सार्कीले प्रोत्साहनले आगामी दिनमा क्रिकेट खेल्न हौसला मिलेको बताउनुभयो ।


  • सम्बन्धित विषय:

  • # भीमदत्त नगरपालिका
  • प्रतिक्रिया दिनुहोस
    images