बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

फर्जिमत हालेपछि डोटी क्याम्पसमा मतपेटिका तोडफोड, निर्वाचन रोकियो


पश्चिम प्रेस
आइतबार, चैत ५ २०७९
  • 443
    Shares

  • images
    images
    फर्जिमत हालेपछि डोटी क्याम्पसमा मतपेटिका तोडफोड, निर्वाचन रोकियो

    डोटी । डोटीको सिलगढी नगरपालिकामा रहेको डोटी बहुमुखी क्याम्पसको स्विवियु निर्वाचनमा मतदान प्रक्रिया रोकिएको छ । फर्जीमत खसालेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेपछि मतदान रोकिएको हो ।

    आइतवार हुन लागेको निर्वाचनमा फर्जीमत खसालेको भन्दैै विद्यार्थीहरू आन्दोलित हुनुका साथै क्याम्पसको गेटमा मुर्दाबादको नारासमेत लगाइरहेका छन । आक्रोशित वद्यार्थीहरुले गेट नाघ्ने प्रयास गरिरहेका छन भने प्रहरीले रोक्ने प्रयास गरिरहेको छ।

    विवाद उत्पन्न भएपछि डोटी क्याम्पसको अवस्था तनावपूर्ण बनेको छ। फर्जिमत हालेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिप्लप निकट अखिल क्रान्तिकारीका बिद्यार्थीले मतपेटिका समेत तोडफोड गरेको छन्।


  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • प्रतिक्रिया दिनुहोस