डोटी । नेपाल विद्यार्थी संघले मतदान रोकिएपछि जिल्ला प्रशासन कार्यालय डोटी घेराउ गरेको छ।
डोटी जिल्लामा रहेको पहिलो बहुमुखी क्याम्पसको मतदान रोकिएपछि प्रशासन घेराउ गरिइएको छ । स्विवियु निर्वाचन अन्तर्गत भइरहेको मतदानमा फर्जीमत खसालेको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका बिद्यार्थीसंगठनहरुले मतपेटिका तोडफोड गरेका थिए । मतपेटिका तोडफोड गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरिएको थियो ।
नेविसंघसँग परामर्श नै नगरेर एकलौटी रुपमा निर्वाचन स्थगित गरिएको र तत्काल मतदान सुचारु नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनि दिएका छन ।
.gif)