बर्दिया । बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिकामा पाटेबाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो।
सोमबार बर्दियाको मधुवन नगरपालिका ५ को चिरौती सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट दुई जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । आक्रमणमा परी मधुवन ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल–भारत सीमा नजिक पर्ने खाता जैविक मार्ग आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती सामुदायिक वनमा घाँस, दाउरा लिन र च्याउ टिप्न गएका बेला पाटे बाघले आक्रमण गर्ने गरेको छ । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको छ।
.gif)