काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन ।
मंगलबार आयोजित कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद्’ भन्दै विरोध गरेका थिए । त्यसैबीच अर्का एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । । दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा ‘गरिब मारा प्रचण्ड मुर्दावाद्, मूल्यवृद्धि खारेज गर, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौं’ भन्दै नाराबाजी गरेका थिए ।
प्रधानमन्त्री दाहाल कार्यक्रम स्थलमा जाँदै गर्दा उनकै अगाडि एक युवाले बैंकको ‘मिटर ब्याज मिनाह गर’ भन्दै नारा लगाएपछि ती युवालाई पनि प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ।
.gif)