शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको पुनर्वासमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु


पश्चिम प्रेस
शुक्रबार, चैत १० २०७९
  • 419
    Shares

  • images
    images
    कञ्चनपुरको पुनर्वासमा बाघको आक्रमणबाट  एक महिलाको मृत्यु

    कञ्चनपुर । कञ्चन्पुरको पुनर्वासमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–१० मदनटोलकी ३२ वर्षीया कलसा सार्कीकोे मृत्यु भएको हो ।

    शुक्रबार नेपाल—भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट परी सार्कीको मृत्यु भएको हो । बिहान ७ जना स्थानीय महिलासँग मेलापातका गएकी सार्कीलाई एक्कासी बाघले आक्रमण गरेपछि मृत्यु भएको र बाकीँ महिलाहरु आक्रमण पछि भागेर बच्न सफल भएका इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले जनाएको छ ।  

    अहिले जंगलबाट शव निकालेर भारतीय प्रहरीले बुझेको छ । भारतिय प्रहरीले मुचुल्का बनाई कागजी प्रकृया पुगाएर नेपाल प्रहरीको जिम्मा लगाउने बताईएको छ।


  • सम्बन्धित विषय:

  • # मृत्यु
  • प्रतिक्रिया दिनुहोस