सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बुटवल–भैरहवा सडकखण्डमा दुर्घटनामा परी एक जनाको मृत्यु


पश्चिम प्रेस
शुक्रबार, चैत १० २०७९
  • 489
    Shares

  • images
    images
    बुटवल–भैरहवा सडकखण्डमा दुर्घटनामा परी एक जनाको मृत्यु

    लुम्बिनी । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा खण्डमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

    बुटवल उपमहानगरपालिका–१० होराइजन चोकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु७२प ७३९२ नंको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको लु१क ५३५ नंको बसमा ठोक्किएर अनियन्त्रित भई भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका लु१७प ३७६२ र लु६प ६०२ नंका मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    दुर्घटनामा लु७२प ७३९२ नंको मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका–४ का २० वर्षीय युवक आविष्कार टण्डनको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै लु१७प ३७६२ नंको मोटरसाइकलका चालक तिलोत्तमा–७ का ३५ वर्षीय हुमबहादुर थापा र सोही मोटरसाइकलको पछाडि सवार ७० वर्षीया ऐश्वर्यादेवी थापा घाइते भएका छन् ।

    घाइते दुवैको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सवारी दुर्घटना
  • प्रतिक्रिया दिनुहोस