शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

राहुल गान्धीको सांसद पद खारेजीको विरोधमा भारतभर सत्याग्रह


पश्चिम प्रेस
आइतबार, चैत १२ २०७९
  • 486
    Shares

  • images
    images
    राहुल गान्धीको सांसद पद खारेजीको विरोधमा भारतभर सत्याग्रह

    एजेन्सि । भारतीय कंग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेजीको विरोधमा आज कंग्रेस आईले भारतभर सत्याग्रह गर्ने भएको छ ।  कंग्रेसले लोकसभाका लागि राहुललाई अयोग्य घोषित गरेको विरोधमा आइतबार सबै प्रदेश र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको हो ।

    आइतवार महात्मा गान्धीको प्रतिमा अगाडि गरिने उक्त प्रदर्शन बिहान १० बजे सुरु भएर साँझ ५ बजे समाप्त हुने भएको छ । राहुल गान्धीसँग ऐक्यबद्धता जनाउन यसलाई एक दिवसीय सत्याग्रहु नाम दिइएको छ।  कार्यक्रम भारतीय समयअनुसार । केरलका वायनाडका लोकसभा सदस्य गान्धीको संसद सदस्यता शुक्रबार खारेजी भएको थियो । लोकभा सचिवालयले पत्र जारी गर्दै उनको संसद पछ रद्द गरिएको जनाएको थियो । मानहानि मुद्दामा उनलाई बिहीबार अदालते दुई वर्षको जेल सजाय सुनाएको थियो ।

    सन् २०१९ मा कर्नाटकको एक सभामा मोदी थरलाई लिएर बयान दिएका थिए । उनले त्यहाँ सबै चोरको थर मोदी किन हुन्छ ? भनी प्रश्न गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # सत्याग्रह
  • प्रतिक्रिया दिनुहोस