मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

शुक्लाफाँटामा खरमजुर गणना गरिदै


पश्चिम प्रेस
बुधबार, चैत १५ २०७९
  • 571
    Shares

  • images
    images
    शुक्लाफाँटामा खरमजुर गणना  गरिदै
    फाईल तस्वीर ।

    महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना तथा अध्ययन सुरु भएको छ । निकुञ्ज प्रशासन र नेपाल पन्छी संरक्षण संघले संयुक्त रूपमा यसै सातादेखि गणना सुरु गरिएको हो । विश्वमै अति संकटापन्न अवस्थामा रहेको खरमजुर नेपालमा ६५ देखि १ सयको संख्यामा रहेको अनुमान छ । ग्रीष्मयामको सुरुवातदेखि बर्खायाम नलाग्दासम्म यसको प्रजनन समय मानिन्छ । यो समयमा खरमजुर घाँसे मैदानमा देख्न पाइन्छ ।

    शुक्लाफाँटाको विशाल घाँसे मैदानमा यसको अनुगमन भइरहेको छ । चैत ८ देखि सुरु भएको गणनाअन्तर्गत हालसम्म ४ वटा खरमजुर भेटिएको संघका परियोजना सहायक हिरूलाल डगौराले बताए । ‘साँझबिहानको समय भाले पोथी भेट्ने समय हो,’ डगौंराले भने, ‘यही अवधिमा हामीले पनि देख्न सक्छौं ।’ उनका अनुसार भेन्टेज प्वाइन्ट विधिबाट खरमजुरको गणना भइरहेको छ । यो विधिअनुसार सुरुमा खरमजुर पाइने निश्चित स्थानलाई विभिन्न केन्द्रमा विभाजन गरिन्छ । उक्त केन्द्रमा एउटा टोलीले कम्तीमा दुई घण्टासम्म चारैतिर वाइनाकुलर र टेलिस्कोपको सहायतामा हेर्छ र क्यामेराले तस्बिर लिन्छ । ५ प्राविधिक दुई समूहमा विभाजन गरिएको छ ।
    निकुञ्जको शुक्लाफाँटा घाँसे मैदानसँगै हरैया, लालपानी र अर्जुनीलगायतका घाँसे मैदानमा ७१ वटा केन्द्र निर्धारण गरिएका छन । सन २०२१ मा गरिएको गणनामा शुक्लाफाँटामा ७ खरमजुर भेटिएको डगौराले बताए । यस पटक पनि ७÷८ कै हारहारीमा भेटिन सक्ने उनको अनुमान छ । 


  • सम्बन्धित विषय:

  • # शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
  • प्रतिक्रिया दिनुहोस