बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

कञ्चनपुरमा प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोज दिइदै


पश्चिम प्रेस
आइतबार, चैत १९ २०७९
  • 164
    Shares

  • images
    images
    कञ्चनपुरमा प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोज दिइदै
    images
    images

    महेन्द्रनगर । कञ्चनपुरमा कोभिड विरुद्धको तेस्रो मात्रा र चौथो मात्राको खोप अभियान सुरु भएको छ ।
     जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पश्चिमी सिमानाका गड्डाचौकीबाट नेपाल भित्रिनेहरुमा कोरोना संक्रमण देखिन थालेपछि बुस्टर डोज दिईन थालेको हो । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले कोरोना संक्रमण देखा पर्न थालेपछि खोप दिने क्रम सुरु भएको बताए । “अहिले ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई बुस्टर डोजका रूपमा खोप दिन थालिएको छ ।” प्रमुख पन्तले भने–“जिल्लाका सबै वडाहरुमा खोप अभियान सुरु भएको छ ।” 
     बुस्टर डोजका लागि कञ्चनपुरमा ५० हजार डोज आएको र आवश्यकता अनुसार थप हुने उहाँले बताउनुभयो । नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ । 
     नयाँ वर्ष मनाउन फर्किनेको संख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ । “अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौँ ।” उनले भने–“पछिल्लो समय कोभिड विरुद्धको खोप लगाउन आउनेको संख्यामा कमि आएको छ ।”  जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले खोप लगाएका छन । चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन । 
     त्यसैगरी दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन । 


  • सम्बन्धित विषय:

  • # बुस्टर डोज
  • प्रतिक्रिया दिनुहोस
    images