महेन्द्रनगर । नेकपा बहुमतले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका स्थित झलारीमा रहेको आशा लघुबित्त बित्तीय संस्था लिमिटेडमा तालाबन्दी गरेको छ । बहुमतले किस्ता उठाउने नाममा जनतालाई सास्ती दिने गरेको, चर्को ब्याजदर,सेवा,शुल्क ,बिमाको नाममा लुटपाट मच्चाएको भन्दैै तालाबन्दी गरेको जनाएको छ ।
संस्थाले शेयर सदस्यहरुको गम्भीर समस्या परेको बेला पनि बचत फिर्ता मागेको बेला बचत नदिएको, किस्ता तिराउने नाममा जनतालाई जबर्जस्ती गरि सास्ती दिने गरेको सेयर सदस्य हरुको बचत पास बुक नियन्त्रणमा राखेको आरोप बहुमतको छ ।
.gif)