सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

महाकाली करिडोरमा पर्ने रुख कटान गर्न आदेश


पश्चिम प्रेस
मंगलबार, चैत २१ २०७९
  • 561
    Shares

  • images
    images
    महाकाली करिडोरमा पर्ने रुख कटान गर्न आदेश

    महेन्द्रनगर । महाकाली लोकमार्ग अन्तर्गत पर्ने बन क्षेत्रको रुख कटान गर्न  डिभिजन वन कार्यालय कञ्चनपुरलाई आदेश आएको छ ।  मन्त्रीपरिषदको निर्णयबाट सो क्षेत्रमा पर्ने रुख कटानको आदेश आएपछि लामो समयदेखीको अवरोध हटेको छ । 
     अब कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म ट्र्याक खोल्ने बाटो खुलेको छ ।महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मण दत्त जोशीले मन्त्रीपरिषदको निर्णयबाट डिभिजन वन कार्यालय कञ्चनपुरलाई रुख कटानको आदेश आएपछि सडक निमार्णको बाटो खुलेको बताए  । उनले रुख कटानको आदेश आएपछि सडक निमार्णको कामले तिब्रता पाउने बताए । “निमार्ण व्यवसायि काम गर्नका लागि तयारी अवस्थामा छ ।” उनले भने–“अब लोकमार्ग निमार्णको कामले तिब्रता पाउँछ ।” निर्माण व्यवसायीले ठेक्का पाए पनि रुअ कटान आदेश नहुँदा काम भने अगाडि बढ्न सकेको थिएन ।
     लोकमार्गको उक्त खण्डमा पहिलो चरणमा ब्रह्मदेव क्षेत्रमा एक हजार नौ सय ५१ रुख कटान गर्नुपर्नेछ । 


  • सम्बन्धित विषय:

  • # महाकाली करिडोर
  • प्रतिक्रिया दिनुहोस