शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा लागुऔषध सहित दुई जना पक्राउ


पश्चिम प्रेस
बुधबार, चैत २२ २०७९
  • 733
    Shares

  • images
    images
    कञ्चनपुरमा लागुऔषध सहित दुई जना पक्राउ

    महेन्द्रनगर । प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारी र रैकवारबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–७  कलुवापुर बस्ने गणेश पाण्डेय र कैलालीको गोदावरी –७ लालपुर बस्ने तीर्थ फुलारालाई पक्राउ गरेको हो । पाण्डेयले चलाएको सु.प.प०१–०११ प २२४६ नम्बरको मोटरसाईकलको पछाडी सवार फुलारालाई चेकजाँच गर्दा उनीहरुको साथबाट १.१५ ग्राम लागुऔषध खैरो हिरोईन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # लागुऔषध
  • प्रतिक्रिया दिनुहोस