अछाम । अछाममा बसको ठक्करबाट घाइते भएका एक युवकको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ का हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौँमा शुक्रवार मृत्यु भएको हो ।
चैत्र १९ गते सुपप्र ०१–००१ ख ३१५४ नम्बरको बसले बुँवर सवार सु प प्र ०१–००९ प ६५८४ नम्बरको मोटरसाइकललाई साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटको वडा कार्यालय नजिकै ठक्कर दिएको थियो । ठक्कर दिएपछि बसका चालकलाई कार्बाही र मतकका परिवारलाई क्षतिपूर्तीको काम गर्दै आफ्नले आन्दोलन गरेका हुन ।
अछाम प्रहरीका अनुसार मृतक कुँवरका परिवारले साँफेसमा टायर बालेर विरोध गर्दै जिल्लाको यातायात बन्द गरेका छन । कुँवरका आफ्न्तले बस समितिको काउण्टरमासमेत तोडफोड गरेका छन ।
.gif)